प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान

122
0
Share:

काठमान्डौ/ बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका छन् ।

 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आज आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

Share: