Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उपकुलपति बरालद्वारा पदभार ग्रहण – Lekhanpeeth

उपकुलपति बरालद्वारा पदभार ग्रहण

347
0
Share:

काठमान्डौ/त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

 

निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए ।

 

बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका थिए । शुक्रबार बिहान नियुक्ति पत्र बुझेर दिउँसो पदभार गरेका छन् ।

Share: