Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री – Lekhanpeeth

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री

170
0
Share:

काठमान्डौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागि पर्ने बताएका छन् । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे ।

 

सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले सङ्घीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । उनले भने , ‘अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।’

 

प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले सङ्घीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे ।नेपालको भूगोलअनुसार झोलुङ्गे पूलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पूलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए । निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पु¥याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो ।

Share: