क्रिकेट खेलाडीहरुको वर्गीकरण : ‘ए’ ग्रेडका खेलाडीलाई १ लाख तलब

148
0
Share:

काठमान्डौ/नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको छ । क्यानको १२ र १४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले खेलाडीहरुको बर्गीकरण गर्दै उनिहरुको तलव निर्धारण गरेको छ ।

 

क्यानले गरेको नयाँ बर्गीकरण अनुसार ग्रेड ए देखि डीसम्म समावेश गरिएको छ । क्यानले निर्धारण गरेको वर्गिकरणमा परुष तर्फ ३० जना खेलाडी समावेश भएका छ भने महिला तर्फ १९ जना समावेश भएका छन् ।

 

ग्रेड एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख, र कुशल भुर्तेत परेका छन् । उहिहरुको मासिक तलव १ लाख राखिएको छ । ग्रेड बीमा कुशल मल्ल, गलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, खारिफ सेख र अविनास बोहरा छन् । उनिहरुको मासिक तलब ७० हजार तोकिएको छ ।

 

ग्रेड सीमा बिनोद भण्डारी, अर्जुन साउँद, सन्दिप जोरा र प्रतिस जिसी रहेका छन् । उनिहरुको मासिक तलव ५५ हजार तोकिएको छ । ग्रेड सीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिकेक यादब, आकास चन्द, बसिर अहमद, र सुर्य तामाङ छन् । उनिहरुको मासिक तलब ३५ हजार तोकिएको छ ।

 

ईमर्जिङ क्याटोगरिमा कोशी प्रदेशबाट दिपेश कंडेल, मधेशबाट रुपेश सिंह, बागमतिबाट रिजन ढकाल, गण्डकीबाट बिपिन खत्री, लुम्बिनबिाट देव खनाल, कर्णालीबाट अर्जुन घर्ती र सुदुरपिश्चमबाट हेमन्त धामी परेका छन् । उनिहरुको मासिक तलव २५ हजार तोकिएको छ ।

 

यस्तै महिला तर्फ ग्रेड एमा इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर परेकी छन् । उनिहरुको मासिक तलब ५० हजार तोकिएको छ । ग्रेड बीमा कबिता कुँवर छन् । उनको मासिक तलव ३५ हजार तोकिएको छ । भने ग्रेड सीमा पुजा महतो, र अश्मिना कर्माचार्य परेकी छन् । उनिहरुमो मासिक तलब ३० हजार निर्धारण गरेको छ ।

 

ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावल परेका छन् । उनिहरुको मासिक तलब २५ हजार तोकिएको छ ।

 

महिलातर्फ ईमर्जिङ क्याटोगरिमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृष्टी जैसी, सम्झाना कुमारी खड्का र सना प्रविन रहेकी छन् । उनिहरुको मासिक तलब २० हजार निर्धारण गरिएको छ ।

 

 

Share: