Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य – Lekhanpeeth

नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य

231
0
Share:

काठमान्डौ/त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य दिएको छ। चार विकेट गुमाउँदै नेदरल्याण्ड्सले पुरा ओभर खेल्दै १८४ रन बनाउन सफल भयो। उक्त रन बनाउने क्रममा माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए।

 

​त्यस्तै, सिब्राण्ड अब्रहामले ४९, स्कट एडवार्ड्स ३३ रन म्याक्स ओड ४ र तेजा निदामानुरूले ३१ रनको योगदान दिए। नेपालका करण केसीले १ र कुशल मल्लले १ विकेट लिन सफल भए भने नेदरल्याण्ड्सका दुई रन आउट भए।

 

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

Share: