सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

129
0
Share:

काठमान्डौ/सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)भर्नका लागि आज अन्तिम दिन तोकिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज ९बुधबार० साँझ ५ बजेसम्म मात्रै कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

 

कम्पनीले आम सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन माग गरेकोमा १ दिन बाँकी रहँदा अर्थात् मंगलबार साँझ ५ बजेसम्म कुल २ करोड ८३ लाख कित्ताको माग आवेदन परेको हो । कुल १० अर्ब २२ करोड रुपैयाँ रकमको आवेदन परेको छ ।

 

 

सीडीएसको अनलाइन प्रणाली मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सकिने छ । बुक बिल्डिङ विधिबाट पहिलो पटक यस कम्पनीको आईपीओको मूल्य निर्धारण भई सर्वसाधारणमा बिक्री खुला भएको हो । यो पद्धतिबाट आईपीओ जारी गर्ने कम्पनीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

Share: