Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते – Lekhanpeeth

फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते

165
0
Share:

काठमान्डौ/मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् ।

 

स्थानीय समय अनुसार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताएका छन् ।

 

आगलागीबाट बाँचेकी उनीहरूकी छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा दिएको जानकारी अनुसार आगलागीमा आमाबाबु र दुई भाइहरूको मृत्यु भएको बताए ।

 

उनले भने , ‘बुबा, आमा र दुई भाईहरू घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्यहरु तल्लो तलामा सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ ।

 

आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् ।

 

आवासीय क्षेत्रमा द्रूत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ ।

Share: