नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आह्वान

107
0
Share:

काठमान्डौ/नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आगामी चैत्र २० गते मंगलबारेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजे बैंकको ३७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा बोलाउने निर्णय गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको मर्जरपछिको यो पहिलो वार्षिक साधारण सभा हो ।

 

वितरयोग्य मुनाफामा आएको संकुचनका कारण बैंकले यो वर्ष लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।

 

त्यस्तै, ३७ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक निवार्चन गर्ने भएको छ । सभा प्रयोजनार्थ बैंकले फागुन २४ गते बिहीबारदेखि चैत २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोजअनुसार फागुन २३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरु मात्र सभामा प्रतिनिधित्व जनाउन योग्य हुनेछन् ।

Share: