Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री ‘प्रचण्ड’ र रवि लामिछानेबीच भेटवार्ता – Lekhanpeeth

प्रधानमन्त्री ‘प्रचण्ड’ र रवि लामिछानेबीच भेटवार्ता

237
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालीन पोखरेलका विषयमा कुराकानी भएको बताइएको छ ।

 

दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरू विरोधमा उत्रिएका थिए । आन्दोलनरत पक्षसँग सरकारले २१ चैत भित्र बक्यौता चुक्ता गर्ने सहमति शनबिार गरिसकेको छ । दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापतिले ध्यानाकर्षण गराएको रास्वपाका एक नेताले जानकारी दिए ।

Share: