
काठमान्डौ/मलावीका आएको भीषण बाढीका कारण एकजनाको मृत्यु भएको छ । भने हजारौँ विस्थापित भएका छन् । दुई जिल्लाहरू मध्य क्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ ।
बाढीका कारण न्खोटाकोटा मात्रै सात हजारभन्दा बढी विस्थापित भएको र विस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए)ले जनाएको छ । दुवै जिल्लामा घर तथा व्यापारिक संरचना ध्वस्त हुनुका साथै धान, कासवा, मकै लगायतका बालीसहितको हजारौँ हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।
लगातारको वर्षाले सडक र पुलमा थप क्षति पु¥याएको र प्रभावितलाई अत्यावश्यक सेवा पुर्याउने काममा अत्यधिक असर परेको बताइएको छ । मलावी तालको किनारमा अवस्थित न्खोटाकोटा र करोंगा जिल्ला बाढीको जोखिममा पर्छन् ।