चलचित्र ‘महाजात्रा’ को ट्रेलर रिलिज

Share:

काठमान्डौ/चैत्र ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र महाजात्राको ट्रेलर रिलिज भएको छ । आज राजधानीमा एक कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो । चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाको शीर्ष भूमिका छ । चलचित्रमा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् ।

 

सिनेमा हाँसो र रोदनको मिश्रणलाई मौलिकतासहित प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ । सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।

 

सिनेमामा हरिवंश आचार्य, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

 

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयुक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।

 

जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

Share: