नयाँ गठबन्धन बनाएपछि प्रचण्डले भने- ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ’

186
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रतिक्रियावादी शक्तिहरूले धेरै पटक घेरा हालेर सिध्याउने प्रयास गरे पनि नसकेको बताएका छन् । ‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने बताएका हुन् ।

 

उनले भने, ‘कमरेड विप्लव उठ्दा तपाईँहरूमा एउटा तरंग पैदा हुन्छ । म त म भइहालेँ । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरूबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरू भए । घेरा तोड्दै आएका छौँ, तोड्छौँ । त्यसैले हामी क्रान्तिकारी शक्तिहरू एकै ठाउँमा आउने बाटो खोजौँ ।’

Share: