गण्डकीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Share:

काठमान्डौ/गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो ।

 

आज बसेको पार्टी संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि मंगलबार मुख्यमन्त्री पाण्डेले माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका थिए ।

 

माओवादीले समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र मुख्यमन्त्रीले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिनुपर्ने हुन्छ ।

12345-1709704982.jpg

 

Share: