Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पेरूका प्रधानमन्त्रीद्वारा राजीनामा – Lekhanpeeth

पेरूका प्रधानमन्त्रीद्वारा राजीनामा

170
0
Share:

काठमान्डौ/पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि मङ्गलबार राजीनामा दिनुभएको छ । ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।”

 

ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुनुहुन्छ । उहाँले राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमा कामसमेत गर्नुभएको थियो । ओटारोलाले एक २५– बर्षीया युवतीलाई क्यानाडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिनुभएको थियो । ५७ वर्षीय ओटारोला विवाहित हुनुहुन्छ र उहाँका पाँच सन्तान छन् ।

 

गत हप्ताको अन्त्यमा, टेलिभिजन कार्यक्रम प्यानोरमाले यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न कूल १४ हजार अमेरिकी डलरको दुई सम्झौताहरू प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी एक महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादा विपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

 

सम्झौता गर्दा अनियमितता भएको हुनसक्ने आधार मानिएको रेकर्डेड कुराकानीमा प्रधानमन्त्री ओटारोलाले ती युवतीलाई भन्नुभएको छ , “प्रिय, तिमीलार्ई थाहा छ ‘यी प्रसङ्ग’ ले दुःख दिएका छन् । तिनीहरू हाम्रा लागि पीडा हुन् । तर तपाईंलाई यो पनि थाहा छ कि म तपाईंलाई माया गर्छु ।” पिनेडोका अनुसार उक्त कुराकानी ओटारोलासँग उहाँ क्याबिनेट मन्त्री हुनुअघि सन् २०२१ मा भएको हो । पिनेडोले प्रधानमन्त्री ओटारोलासँग आफ्नो छोटो ‘भावनात्मक सम्बन्ध’ भएको कुरा स्वीकार्नुभएको छ ।

 

यसैबीच, ओटारोलाले पेरूको श्रम कानूनको उल्लङ्घन वा अन्य गलत काम गरेको आरोप अस्वीकार गर्नुभएको छ ।“मैले राजनीतिक परिस्थितिको गम्भीरता बुझेको छु तर म दोहो¥याउँछु कि मैले कुनै पनि गैरकानुनी काम गरेको छैन,” उहाँले सोमबार यसअघि ट्वीटर भनेर चिनिने सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोष्टमा लेख्नुभएको छ ।

 

राष्ट्रपतिको कार्यालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै के गर्ने भन्ने निर्णय गर्नुअघि ओटारोलाको कुरा सुन्ने बताएको थियो । अभियोजकहरूले ओटारोलालाई सम्भावित स्वार्थको द्वन्द्व र ‘अवैध प्रायोजन’ को लागि अनुसन्धान गर्ने बताएका छन् ।

 

सन् २०२२ मा तत्कालीन वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोले काङ्ग्रेसलाई भङ्ग गर्ने र अवैध रूपमा शासन गर्ने प्रयास गरेपछि ६१ वर्षीय बोलुआर्टे राष्ट्रपति हुनुभएको हो ।प्रधानमन्त्रीको युवतीसँगको घटनालाई जोडेर राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै विभिन्न शहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भएका छन् । सन् २०१८ को मार्चपछि अहिलेसम्म पेरूमा छ जना राष्ट्रपति भइसकेका छन् ।

 

ह्युमन राइट्स वाचको एक अनुमानअनुसार सुरक्षा बलको कारबाहीमा अहिलेसम्म करिब ५० जनाको मृत्यु भएको छ ।

Share: