
काठमान्डौ/बागमती प्रदेश सभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत अर्याललाई पक्राउ डिएसपी राज कुमार श्रेष्ठले प्रशासनलाई बताए ।
काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेश सभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको डिएसपी श्रेष्ठले बताए । अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।
उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।