वर्षाका कारण फेरी रोकियो नेपाल र हङकङबीचको खेल

103
0
Share:

काठमान्डौ/वर्षाका कारण त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल पुनः रोकिएको छ ।

 

 

हङकङस्थित मिसन रोड मैदानमा आइतबार टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँद पानी परेपछि खेल रोकिएको हो । यसअघि, हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल करिब आधा घण्टा रोकिएको थियो ।

 

नेपालका करण केसीले इनिङको पहिलो बलमै विकेट लिएका थिए । मार्टिन कोएट्जीलाई करण केसीले गुल्सनकुमार झाबाट क्याच गराएका थिए । दोस्रो विकेट गुल्सनले ७.२ ओभरमा लिएका हुन् ।

 

आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल, हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् ।

Share: