
काठमान्डौ/आइतबार प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा १ हजार रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुन भाउ त्यसपछि घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, मंगलबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँँदीको मूल्य भने मंगलबार प्रतितोला १० रुपैयाँ बढेको छ । सोमबार १ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चाँदी १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।