Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने – Lekhanpeeth

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

184
0
Share:

काठमान्डौ/नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिने बताएका छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए ।

 

अध्यक्ष श्रेष्ठले चार सिटको साना राजनीतिक दलहरुले पनि विश्वासको मत दिन लागेको जानकारी गराउँदै उदीयमान साना दलहरुको मतको उचित प्रयोग गर्न सुझाव पनि दिए ।

Share: