तेस्रो पटक पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए विश्वासको मत

142
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । नेपाली काँग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपासहित पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले पुनः विश्वासको मत लिएका हुन्।

 

बुधबार प्रतिनिधि सभामा भएको मतदानमा सहभागी २६८ सांसदमध्ये १५७ मत पक्षमा र ११० मत विपक्षमा खसेको थियो। १ सांसद तटस्थ रहे । प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो। आफूलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

Share: