सुनचाँदीको मूल्य बढ्यो

113
0
Share:

काठमान्डौ/बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको भाउ बिहीबर ८०० रुपैयाँ बढेको हो ।

 

आज बढेसँगै सुनको भाउ रेकर्ड मूल्य नजिक पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख २५ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, बिहीबार चाँँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ । बुधबार १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: