Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझायो – Lekhanpeeth

सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझायो

206
0
Share:

काठमान्डौ/सुन तस्करी जाँचबुझ आयोगले आज (बिहीबार) गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको छ । गठन भएको साढे ५ महिनापछि सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको हो ।

 

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज (बिहीबार) सिंहदरवार पुगेर गृहमन्त्री लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

 

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लगाएर अध्ययन र जाँचबुझ गरेको हो । आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी छन् ।

Share: