राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा

92
0
Share:

काठमान्डौ/राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । कांग्रेसको तर्फबाट आयोगमा प्रतिनिधित्व गरेका डा। प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना र डा। आरपी विच्छाले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा बुझाएका छन् ।

 

त्यस्तै, जनमत पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने डा। जयकान्त राउतले पनि राजीनामा बुझाएको बताइएको छ । अनिता हाल अमेरिकामा छिन् । उनले अमेरिकाबाट नै उपाध्यक्षसमक्ष राजीनामा दिएकी छन् ।

Share: