
काठमान्डौ/पोखरालाई आज (आइतबार) ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेवाताल किनारमा आयोजित औपचारिक कार्यक्रमका बीच कास्कीको चर्चित शहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् । यसका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार नै पोखरा पुगिसकेका छन् ।
पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा गण्डकी प्रदेशको राजधानी हो । यो शहरलाई ७ वर्ष अघिदेखि नै औपचारिक पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भए पनि हुन सकेको थिएन ।