सुनको मूल्य घट्यो, चाँदी बढ्यो, आइतबार कतिमा हुँदैछ किनबेच ?

216
0
Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन आज (आइतबार) छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। आइतबार सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी १ हजार ५३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५६ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव १८ डलरमा कारोबार भइरहेको छ ।

Share: