Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बागलुङमा बस दुर्घटना : सात जनाको मृत्यु, थप विवरण आउन बाँकी – Lekhanpeeth

बागलुङमा बस दुर्घटना : सात जनाको मृत्यु, थप विवरण आउन बाँकी

Share:

काठमान्डौ/बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

 

पश्चिम रुकुमबाट काठमाडौँ हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ ५ बजेर २० मिनेटमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

 

घाईतेहरुको उद्धार कार्य जारी छ । रातको समय भएकाले उद्धारमा कठिनाई भएको छ । सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Share: