Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सप्तकोसी किनारबाट १६४ किलो गाँजा बरामद – Lekhanpeeth

सप्तकोसी किनारबाट १६४ किलो गाँजा बरामद

222
0
Share:

काठमान्डौ/सप्तकोसी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो ।

 

५-६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेको सशस्त्रले जनाएको छ ।

Share: