
काठमान्डौ/काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आफ्ना ग्राहकको धारा सर्वेक्षण गर्ने भएको छ । धारामा पानी आउने, नआउने समस्या, मिटरको समस्याबारे केयूकेएलले सर्वेक्षण गर्ने भएको हो ।
केयूकेएलका अनुसार पहिलो चरणमा काठमाडौँ र ललितपुर महानगरका ५० हजार ग्राहकको घरमा गएर मिटर छ कि छैन, मिटरका लागि चाहिने लालपुर्जा, पानीको बिल र ग्राहक कार्ड हेर्ने गरी सर्वेक्षण हुने भएको हो ।
केयूकेएलले ४० सर्वेक्षक खटाएर प्रत्यक्ष सोधपुछ गर्ने बताइएको छ ।