
काठमान्डौ/सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बिहीबार १ लाख २७ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको छापावाला सुनको मूल्य शुक्रबार १३ सय रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य १ लाख २६ हजार ५०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजावी सुन १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ५५ रुपैयाँ घटेको हो । बिहीबार चाँदी प्रतितोला १ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।

