Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डुङ्गा दुर्घटनापछि समुद्रमा अलपत्र परेका रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार – Lekhanpeeth

डुङ्गा दुर्घटनापछि समुद्रमा अलपत्र परेका रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार

173
0
Share:

काठमान्डौ/इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कूल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् ।

 

वेपत्ताहरूलाई जीवित भेट्ने अवस्था क्षीण बन्दै गएपछि हराइरहेका थप रोहिङ्ग्या शरणार्थीको खोजी कार्य अन्त्य गरिएको उनीहरूले बताएका छन् । उद्धार टोलीहरूले भनेका छन् , “बिहीबारदेखि वेपत्ता रोहिङ्ग्या शरणार्थीको खोजी अन्त्य गरिएको छ । डुङ्गा पल्टेपछि त्यसमा झुन्डिएर जीवन बचाउन सफल ७५ जनालाई उद्धार गरिएको छ ।”

 

आचेहस्थित स्थानीय खोज तथा उद्धार निकायका अधिकारी मोहम्मद फाथुर रचमानले भन्नुभयोे, “वेपत्ता भनिएका यात्रुको सूची नभएको र घटनास्थल वरपरका स्थानमा खोजी गरिएको तर त्यहाँ थप व्यक्ति नभेटिएपछि उद्धार कार्य रोकिएको छ ।”

 

रचमानले भन्नुभयो, “उनीहरू समुद्रमा फसेको ४८ घण्टाभन्दा बढी भइसकेको र अब उनीहरू जीवित पाइने सम्भावना क्षीण बनेको साथै वरपरका स्थानमा खोजी गर्दा कुनै सङ्केत फेला नपरेकोले समुद्रमा उनीहरूको खोजी गर्नु अर्थपूर्ण नहुने देखिएपछि उद्धार कार्यलाई रोकिएको हो ।”

 

हप्तौँको सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक क्षेत्रमा पुगेका करिब १५० रोहिङ्ग्या शरणार्थी सवार रहेको अनुमान गरिएकोे काठको डुङ्गा बुधबार दुर्घटना भएपछि उद्धारको लागि गएको अर्को डुङ्गा पनि दुर्घटना भएको थियो ।

 

अत्यधिक उत्पीडनमा परेका म्यान्माका अधिकांश मुस्लिम रोहिङ्ग्याहरूले हरेक वर्ष लामो र महँगो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा राखेर हजारौँको सङ्ख्यामा मलेसिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् । युएनएचसीआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् । सयौं मानिस आश्रयस्थलमा बसिरहेका छन् ।

 

संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार यमे सङ्ख्या सन् २०१५ यता मुस्लिम बहुल इन्डोनेसियामा पुगेका आप्रबासीको सबैभन्दा ठूलो सङ्ख्या हो ।

Share: