जसपा सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त

Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथको तयारी छ ।

 

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदवारमा हुँदैछ ।

 

जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

 

Share: