Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा – Lekhanpeeth

राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा

186
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई इमान्दार र योग्य मानिसहरू चाहिएको बताएका छन्।

 

काठमाडौँमा मंगलबार आयोजित नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी विषयक गोष्ठीमा बोल्दै उनले राजनीतिमा बिस्तारै छट्टुहरू हाबी हुन थालेको बताए।

 

‘काँग्रेसलाई इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति प्रयत्न गर्ने मानिसहरू बढी चाहिएको छ,’ महामन्त्री थापाले भने, ‘राजनीति बिस्तारै कस्तो हुन थाल्यो भने छट्टुहरू हाबी हुन थाले। छट्टुहरू आउँछन्, लटरपटर पार्छन्, झुक्याउँछ, यसो रंगरोगन गर्छ र जान्छ। हामीलाई छट्टुहरू चाहिएको होइन।’

 

पार्टीलाई धैर्यता, गति र मति भएको मानिसहरू आवश्यक परेको थापाले बताए। छैन भन्ने नवीन्द्रराज जोशीलाई थाहा थियो र थाहा पाएका मानिससँग सङ्गत गर्नुहुन्थ्यो।’

Share: