Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हुम्लामा आयो पोषणयुक्त चामल – Lekhanpeeth

हुम्लामा आयो पोषणयुक्त चामल

154
0
Share:

काठमान्डौ/हुम्लामा २३ सय ४० क्विन्टल पोषणयुक्त चामल ल्याइएको छ । पैदल र हवाइमार्गबाट ल्याइएको चामल बिक्री भइरहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायब सुब्बा नवीनप्रसाद आर्चायले बताए ।

 

खाद्य संस्था शाखाको गोदाम सिमकोटमा आइपुगेकामध्ये आठ सय ९० क्विन्टल चामल बिक्री भएको उनले बताए । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको वितरण केन्द्रबाट एक सय सात र श्रीनगर वितरण केन्द्रबाट दुई सय क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिए । चामलमा आठ प्रकारका पौष्टिक तत्व मिसाइएको छ ।

 

यसैबीच, हुम्लाका निम्ति छुट्याइएको १४ हजार क्विन्टल चामल पनि ढुवानी भइरहेको उनले बताए । पौष्टिक तत्व प्रयोग नगरिएको यसअघि ढुवानी हुँदै आएको नियमित कोटाको आठ हजार पाँच सय क्विन्टल चामल हवाइमार्गबाट ल्याइएको छ ।

Share: