नेप्से ४.७८ अंकले बढ्यो

99
0
Share:

काठमान्डौ/साताको अन्तिम कारोबार अर्थात् बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। यसदिन नेप्से ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा बन्द भएको छ।

 

बिहीबारको बजारमा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बुधबार २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४२ करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३१३ वटा धितोपत्रको ६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच भएको हो।

 

बिहीबार १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यस दिन हिमालयन ऊर्जा विकासको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३१५ रूपैयाँ ७० पैसा कायम भएको छ।

 

यस्तै, सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ८२ रूपैयाँ ७० पैसा कायम भएको छ। उन्नति सहकार्य लघुवित्त र धैलागिरी लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य क्रमशः एक हजार ४८५ रूपैयाँ र एक हजार ३०८ रूपैयाँ ६० पैसामा झरेको छ।

 

बिहीबार सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ८२ रूपैयाँ ७० पैसामा १९ करोड ३७ लाख बराबरको सेयर कारोबार भएको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८८० रूपैयाँमा १६ करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ। यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २।४० प्रतिशतले बढेको छ। बैंकिङ, होटल्स तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र ब्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ।

Share: