Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत – Lekhanpeeth

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

194
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गर्नुभएको छ ।

 

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहनुभएको आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले आज नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गर्नुभएको हो ।

 

यसैगरी सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहनुभएको सहकारी विभागको सदस्यमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाल र कृष्णप्रसाद पौडेललाई मनोनयन गर्नुभएको छ ।

Share: