आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित

134
0
Share:

काठमान्डौ/अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको छ । जितका लागि २२३ रनको बिशाल लक्ष्य पच्छाएको नेपाल अलआउट हुँदै २०१ रन मात्रै जोड्न सक्यो ।

 

ओपनर लोकेश बमले शानदार शतकीय पारि खेले पनि नेपाल खेल जित्न असफल भयो । जितनजिक पुगेको नेपाल ‘ए’ का मध्यक्रमका ब्याटरले फिनिसिङ इनिङ खेल्न नसक्दा नेपाल पराजित हुन पुग्यो ।

 

नेपालका ओपनर लोकेशले ५६ बलमा ९ चौका र ८ छक्कासहित १ सय ६ रन जोडेर आउट भए । आरिफ २६ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन बनाएर आउट भए । आरिफ र लोकेशले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए ।

 

नेपालका ओपनर र विनोद भण्डारीले १४ बलमा १६ रन जोडे । देव खनाल शून्य रनमा आउट हुँदा अर्जुन घर्तीले ५ बलमा ३ रन मात्र बनाएका थिए । मध्यक्रममा किरण ठगुन्ना २ रन, बसिर अहमद ३ रन तथा राशिद खान, हेमन्त धामी र कमल ऐरीले खाता समेत खोल्न सकेनन् ।

 

आयरल्यान्डका लागि फिओन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले ३–३ विकेट लिए । म्याथ्यु फोस्टरले २ तथा थोमस मेस र ग्याभिन होएले १–१ विकेट हात पारे ।

 

पहिले ब्याटिङ गरेको आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’लाई २२३ रनको बिशाल लक्ष्य दिएको थियो । उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन जोडेको थियो । आयरल्यान्डका लागि ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाएका थिए । केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रनको योगदान गरे ।

 

स्टिफन डोहेनीले पनि ३४ रन बटुले । गारेथ डेलानी ३० रनमा अविजित रहे । गाभिन होएले पनि अविजित १८ रन जोडे । आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए । सागर ढकाल र आरिफ शेखले पनि एक–एक विकेट हात पारे ।

 

Share: