Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महालेखा परीक्षकमा तोयम राया सिफारिस – Lekhanpeeth

महालेखा परीक्षकमा तोयम राया सिफारिस

Share:

काठमान्डौ/संवैधानिक परिषद्ले तोयम रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद् बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संवैधानिक परिषद बैठकले सचिव रायालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए । हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन् ।

 

संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

Share: