महानगरले दिन थाल्यो नगर प्रहरीलाई तालिम

111
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाले आफ्ना नगर प्रहरी जवानहरुलाई तालिम दिन सुरु गरेको छ । करार सेवामा नियुक्त भएका नगर प्रहरी जवानलाई तालिम दिन सुरु गरेको हो ।

 

महानगरले नगर प्रहरी नियुक्तिका लागि गत असार २० मा सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको थियो ।

 

महानगरले थप गरेको ४४ जना नगर प्रहरीलाई तालिममा राखेको हो । नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइने अधिकारीले बताए । यसअघि शारीरिक तालिम प्रदान गरिसकिएको छ ।

 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ । आजदेखि हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछन् । यसपछि नियमित ड्युटीमा खटाइनेछ ।

 

Share: