Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रश्न उठ्दैमा आत्तिहाल्नु पर्दैन : गृहमन्त्री लामिछाने – Lekhanpeeth

प्रश्न उठ्दैमा आत्तिहाल्नु पर्दैन : गृहमन्त्री लामिछाने

195
0
Share:

काठमान्डौ/उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन् ।

 

उनले सञ्चारमाध्ययमा पार्टी सपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुसिएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे ।

 

‘समाचार आएपछि पुग्यो, तपाईहरुले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्नेकुरा उनले भने ‘हेडलाइनमा एउटा क्वेशन राखेर ठगीमा रु भनेर क्वेशन राखिदिएको हो की, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो की रु भन्नु नपर्ने रु छापिदिएपछि पुग्यो । साथीहरु त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबैजना ।

 

उनले समाचामा आउने सबै सत्य नहुने भन्दै उहाँले सत्य के हो त्यसको खोजि गरेर समाचार प्रकाशन एवं प्रशारण गर्न आग्रह गरे । ‘एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भनेत सकिहाल्यो’उनले भने ‘होइन, तपाईहरुको अन्य साथीहरुले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरु अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ । त्यहाँ एउटा क्वेशन मार्क राखेको छ, क्वेशन त गर्न पाइन्छ ।’

 

उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए । उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे । उनले सदनमा उठेका कुरामा आफूले जवाफ दिन पाउनुपर्ने माग गरे ।

 

प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन’उनले भने ‘सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’

 

Share: