
काठमान्डौ/नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेको छ ।
पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा जवाफ नदिएकाले गिरीलाई हटाउने निर्णय लिएको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र उनले प्रदेश सभामा पठाएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । सरकारमा सहभागी अन्यलाई भने कारबाही गरिएको छैन । संस्थापक रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वमा पठाए लगत्तै अध्यक्ष श्रेष्ठले सरकारबाट फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् ।