सुनको मूल्यले बिहीबार पनि तोड्यो रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/आज बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्म कै उच्च मूल्य हो ।

 

त्यस्तै आज तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्म कै उच्च हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १४ हजार ८८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १४ हजार ३२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय १४.५० रुपैयाँ तोकेको छ।

Share: