
काठमान्डौ/आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए भिड्दैछन्। शहीद रङ्गशालामा खेल साँझ पौने ६ बजे शुरु हुनेछ ।
बिहीबार सेमिफाइनलमा पाहुना टोली सिक्किम ड्रागनलाई १-० ले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो। सशस्त्र प्रहरी बलको विभागीय टोली एपीएफलाई बुधबार सडन डेथमा पराजित गर्दै मोरङले मच्छिन्द्रसँगको भेट पक्का गरेको हो।
उपाधि विजेता टोलीलेविजेता टोलीले ट्रफीसहित ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ।