लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ

Share:

काठमान्डौ/लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

 

यस्तै तीन मन्त्रीले पनि शपथ लिएका छन् । एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।

 

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र पूर्वमुख्यमन्त्री लिला गिरिसहित सहभागी छन् ।

Share: