Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बिहीबारदेखि लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन राजधानीमा हुने – Lekhanpeeth

बिहीबारदेखि लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन राजधानीमा हुने

230
0
Share:

काठमान्डौ/लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो। संस्थाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनको तयारी पुरा भएको जानकारी गराएको छ ।

 

संस्थाका अध्यक्ष सुजन कुमार काफ्लेका अनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुनेछ । सम्मेलनमा एक हजार भन्दा बढी लेखा व्यवसायी सहभागी हुने अपेक्षा गरिएको उनले बताए । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ ।

 

सम्मेलनमा लेखा व्यवसायीहरुको अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेशन फेडेरेशन अफ एकाउन्टेन्ट्स ९आइएफएसी०का अध्यक्ष अस्मा रेसमौकीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल मेम्बर युद्धराज ओलीका अनुसार अन्तर्राष्ट्रिय नियामक निकायका प्रमुखको सहभागिता हुनु नेपालका लागि महत्वपूर्ण विषय हो । नेपालले लेखा व्यवसायमा भित्राएको अन्तर्राष्ट्रिय अभ्यास सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गर्न लागिएको उनले बताए । ‘यो सम्मेलनलाई हामी लेखा व्यवसायीहरुको मेला मान्छौं,’ उनले भने।

 

सम्मेलनको पहिलो दिन बिहीबार उद्घाटन सत्रबाहेक तीन ओटा छलफल सत्र हुनेछ । त्यस्तै दोस्रो तथा अन्तिम दिन शुक्रबार साना तथा मझौला व्यवसायको दीगो व्यावसायिक रणनीति, सहकार्यसहितको नियमन, व्यावसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल सत्र रहनेछ ।

 

आइक्यानले नेपालमा सीए शिक्षाको विकास र यसका सदस्यहरुको नियमनको काम गर्दै आइरहेको छ । लेखा व्यवसायीहरुका लागि सरकारी निकायमा छुट्टै दरबन्दी सिर्जना गर्न पहल गरिरहेको आइक्यानले सम्मेलनका दौरान यो विषयलाई समेत प्राथमिकताका साथ उठाउने भएको छ। लेखा व्यवसायीहरुको कामको न्यूनतम शुल्क तोक्ने, कम शूल्कमा काम गरेमा त्यसको गुणस्तरको समीक्षा गर्ने विषयसमेत सम्मेलनमा छलफल हुने अध्यक्ष काफ्लेले बताए ।

 

सम्मेलनमा नेपाल राष्ट्र बैंंकका गभर्नर महाप्रसाद अधिकारी, राजस्व सचिव, एक्यानका अध्यक्ष दीपक पाण्डे, अडानका अध्यक्ष केदारनाथ पौडेल, विभिन्न वाणिज्य बैंक तथा कम्पनीका सीइओ तथा वरिष्ठ सीएहरु सहभागी हुनेछन् । साथै नेपाल धितोपत्र बोर्ड, सम्पत्ति सुद्धीकरण, सहकारी विभाग, नेपाल बीमा बोर्ड, आन्तरिक राजस्व विभाग, केन्द्रिय अनुसन्धान ब्यूरो, कम्पनी रजिष्टारका प्रतिनिधिहरु समेतको सहभागितामा नियमनबारे छलफल समेत गरिने भएको छ ।

 

सम्मेलनमा देशभरबाट लेखा व्यवसायीहरुको सहभागिता हुने बताइएको छ । आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १३ सय जनाले भाग लिएका थिए । सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । जसमा १२ सय जनाले सहभागिता जनाएका थिए ।

Share: