Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने – Lekhanpeeth

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने

Share:

काठमान्डौ/एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग भिड्ने भएको छ। बुधबार समुहका अन्तिम चरणका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। समूह ए को बिजेता नेपालले समुह बी को उपविजेता युएईसँग खेल्दा समुह ए को उपविजेता हङकङले समुह बी को विजेता ओमानसँग खेल्नेछ।

 

समुह ए बाट नेपाल समुह विजेता र हङकङ समुह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। समुह बी बाट ओमान समुह विजेता र युएई समुह विजेता बन्दै सेमिफाइनल पुगेका हुन्। नेपाल र ओमान समूहका खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन्।

 

युएईले भने कम्बोडियामाथि ९ विकेटको फराकिलो जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो। कुवेत ओमानसँग अन्तिम खेलमा ४६ रनले पराजित हुँदा अन्तिम चारको ढोका खोल्न सकेन।सेमिफाइनलका दुबै खेल शुक्रबार हुनेछन्। प्रिमियर कपको विजेताले टी–२० एसिया कपमा स्थान पक्का गर्नेछ।

Share: