Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आनन्द साहको परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख सहयोग – Lekhanpeeth

आनन्द साहको परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख सहयोग

Share:

काठमान्डौ/प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको आक्रमणमा परी गत असोजमा ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेस प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेको छ ।

 

प्रदेश सरकारबाट घोषणा भएअनुरुप मुख्यमन्त्री सरोजकुमार यादवले आज मृतक साहका बुवा सोमन साहलाई रु पाँच लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ–४ का आनन्द साहसहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो ।

Share: