९ महिनामा भित्रियो ७ हजार बढी विद्युती गाडी, साढे १७ अर्ब रुपैयाँ बाहिरियो

Share:

काठमान्डौ/विद्युतीय गाडी (ईभी) को आयात लगातार दोस्रो महिनामा पनि सुस्त देखिएको छ ।

 

चालु आर्थिक वर्ष (आव) को चैतमा ६५८ युनिट विद्युतीय गाडी आयात भएको विभागको तथ्याङ्क छ । बजेटको मध्यावधिक समीक्षा अगाडि पुस र माघमा विद्युतीय गाडी आयात बढेको थियो । फागुनमा घटेको विद्युतीय गाडीको आयात चैतमा भने केही सुधार देखिएको छ ।

 

चालु आवको ९ महिना (साउन-चैत) मा ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । गत आवमा जम्मा ५ अर्ब ३२ करोड ५ लाख ५० हजार मूल्यको १ हजार ८ सय ७ युनिट विद्युतीय गाडी आयात भएको थियो । उक्त गाडी आयात हुँदा १ अर्ब ४३ करोड ९२ लाख ३ हजार राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

Share: