राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे एमालेको जिम्मेवारीबाट अलग

Share:

काठमान्डौ/राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले आईतवार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

 

उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको बताइन् । उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानूनहरु र राष्ट्रिय सभा नियमावलीले निर्देशित कामहरु तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता गरिन् ।

 

उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले राष्ट्रिय सभा सदस्य पदमा नेकपा(एमाले)को तर्फबाट निर्वाचित भएकी थिइन् ।

Share: