Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुई सचिवको सरुवा, अर्थ सचिवमा मधु मरासिनी – Lekhanpeeth

दुई सचिवको सरुवा, अर्थ सचिवमा मधु मरासिनी

171
0
Share:

काठमान्डौ/दुई सचिवको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको हो । बैठकले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । हाल अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

 

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए ।

 

केही दिनअघि अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । उनले हिजो मात्रै हाजिर हुन प्रम कार्यालयमा निवेदन दिएका थिए ।

Share: