Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन हुने – Lekhanpeeth

मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन हुने

238
0
Share:

काठमान्डौ/नेकपा एमाले तत्कालीन महासचिव स्व. मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले रुपन्देहीको बुटवलमा स्व. मदन भण्डारीको ३१ औँ स्मृति दिवसको अवसरमा जेठ ३ गते दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

 

गतवर्ष शान्तिको कामनासहित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यस पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो । सबैका लागि खेलकुद भन्ने नाराका साथ बालकदेखि वृद्धासम्म सहभागी बनाएर दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ ।

Share: