Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

230
0
Share:

काठमान्डौ/आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ७० रुपियाँमा कारोबार भइरहेको छ ।

Share: